ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग

डिसी नेपाल
३० असोज २०८१ १६:५५
104
Shares

काठमाडौं। एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर सहयोग गरेका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेका छन्।

सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो। मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका हुन्।

मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए। तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ।

हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा मस्क पनि सहभागी थिए। यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो।

अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।

रिपब्लिकन पार्टीबाट ट्रम्प चुनावी मैदानमा छन् । ट्रम्पले आफुले चुनाव जितेमा मस्कलाई आफ्नो सरकारमा महत्वपूर्ण जिम्मेवारी दिने समेत यस अघि नै घोषणा गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *