इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरविहीन
काठमाडौं। इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसले आफ्नो घर छोडेका छन्।
युनिसेफले बुधबार सार्बजनिक गरेको रिपोर्टका अनुसार अहिले एक लाख ९० हजार जनाले पब्लिक स्कुल, सडक किनार र अन्य स्थानमा सेल्टर लिइरहेका छन्।
युनिसेफले अघिल्लो साता मात्र लेबनानमा सय जना बालबालिकाले ज्यान गुमाएको र आठ सय भन्दा बढी घाइते भएको बताएको छ। अब जाडो मौसम आउन थालेकाले लेबनानमा बालबालिकाको अवस्था थप कठिन हुने युनिसेफले चेतावनी दिएको छ।
यस अघि २०२२ मा सिरियामा जाडोले कैयौं बालबालिकाको मृत्यु भएको युनिसेफले स्मरण गराएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment