साफ महिला फुटबल: नेपाल र भुटानबीचको खेल बराबरी
काठमाडौं। राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अंक बाँडेका हुन्। साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो।
खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन्। समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो। यस नतिजासँगै समूह ‘बी’बाट श्रीलंका तीन अंकका साथ शीर्ष स्थानमा छ। नेपाल र भुटान एक/एक अंकका साथ दोस्रो स्थानमा छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment