रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी
काठमाडौं। अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको इन्जुरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए।
यस अघि अल नासरका लागि आयमेरिक लापोर्टेले शुरुवाती गोल गरेका थिए। त्यस्तै अल शबाबका लागि एक गोल अँ नासरका अलि अलहासनले आत्मघाती गोल गरेका थिए।
त्यस्तै यस खेलमा मोहमद सिमाकनले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए। यो जितपछि अल नासरको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
अल नासर अल हिलालभन्दा ४ अंकले पछाडी रहेको छ। त्यसैगरी अल शबाबको भने ७ खेलमा १२ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment