ओमानका इलियास विराटनगरबाट एनपीएल खेल्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी विराटनगर किंग्सले ओमानका कप्तान अकिब इलियासलाई भित्र्याएको छ। विराटनगरले एनपीएलका लागि ओमानका कप्तान तथा अलराउन्डर अकिब इलियासलाई भित्र्याएको जानकारी दिएको छ।
अकिब नेपाल प्रिमियर लिगका लागि अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका विकेट किपर ब्याट्सम्यान आन्द्रेस गौसलाई आवद्ध गरेको थियो।
विराटनगर किंग्सले मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केबिन ओ ब्राइनलाई नियुक्त गरेको छ । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment