बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित
काठमाडौं। बार्सिलोनाले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा रफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए। त्यस्तै बायर्न म्युनिखका लागि एक गोल ह्यारी केनले गरेका थिए।
यो जितपछि बार्सिलोनाको च्याम्पियन्स लिगमा ३ खेलमा ६ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै बायर्न म्युनिखको ३ खेलमा ३ अंक रहेको छ र लिगमा २३औ स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment