एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने
ABU DHABI, UNITED ARAB EMIRATES - OCTOBER 18: Gerhard Erasmus of Namibia looks on ahead of the ICC Men's T20 World Cup match between Sri Lanka and Namibia at Sheikh Zayed stadium on October 18, 2021 in Abu Dhabi, United Arab Emirates. (Photo by Gareth Copley-ICC/ICC via Getty Images)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ ।
२९ बर्षिय अलराउण्डर इरासमसलाई एनपीएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो ।
इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौँले नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई अनुबन्ध गरेको थियो ।
काठमाडौँको मार्की खेलाडीमा करण केसी रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी:
काठमाडौँ गुर्खाज
– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लाइन्स
– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
जनकपुर बोल्ट्स
– न्यूजील्याण्डका जिम्मी निशाम
– अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
– ओमानका कप्तान आकिब इलियास
कर्णाली याक्स
– पाकिस्तानका अल राउण्डर हुसैन टलात
चितवन राइनोज
– दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज







डिसी नेपाल







Facebook Comment