रियल म्याड्रिडले बहिष्कार गर्‍याे ‘बालोन डो अर अवार्ड’

डिसी नेपाल
१२ कार्तिक २०८१ २१:२२
908
Shares

काठमाडौं। स्पेनिस महारथी रियल म्याड्रिडले आज राति पेरिसमा हुने बालोन डो अर अवार्ड सेरेमनी बहिष्कार गरेको छ।

मिडिया रिपोर्टका अनुसार यस अघि भिनिसियस जुनियरले बालोन डो अर जित्ने बताइएको भएपनि अन्तिम समयमा म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस खेलाडी रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको बताइएको छ।

अहिले रोड्रीसहित कैयौं सुपर स्टार फुटबलर पेरिस पुगे पनि रियल म्याड्रिडका खेलाडी भने अनुपस्थित रहेको बताइएको छ।  यसअघि मिडियामा लिक भएको एक अंक सूची अनुसार भिनिसियसले बालोन डो अर जितेको बताइएको थियो।

यस वर्षको बालोन डो अर अवार्ड आज राति घोषणा हुँदै छ। २०२३–२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड आज दिन लागिएको हो।

फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउँदै छन्। यस अघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जेमाले पाएका थिए।

यस वर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेका थिएनन् । गत बर्ष यो अवार्ड मेसीले जितेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *