कविता : किसान

राज्यलक्ष्मी खतिवडा
१७ कार्तिक २०८१ ७:०९
68
Shares

काँधमा तिम्रो हलो र जुवा हातमा कोदाली
किसान दाइ रमाइ गर्छाै उकाली ओराली

जोतेर हलो बनाइ माटो विउ विजन लगाउँदै
लेख र वेसीं गर्दछौ दिन रात पसिना बगाउँदै

कहिलेको झरी कहिलेको बादल कहिलेको असिना
चर्केको घाममा जोत्नु र खन्नु खलखली पसिना

हरिस र अनौ पाटी र ठेडी फाली र करुवा
खन्दछौ तिमी खेत र बारी चलाई फरुवा

कृषक दिदी, कृषक बहिनी घाम पानी सहेर
छुपुमा छुपु रोप्दछौ धान खेतमा गएर

थाप्लामा नाम्लो पिठ्यूँमा डोको हँसिया बोकेर
दोहोरी भाखा गाउँदछौ गीत विरह पोखेर

तेजिलो तिम्रो चम्किलो शिरमा फूलका आँकुरा
झुक्दैन कहिल्यै सिप र जाँगर पौरखी पाखुरा

बाढी र पहिरो खडेरी सारा त्यो मार सहेर
किसानहरु गर्दछन काम शंकट सहेर

घाँसको भारी खोलामा बाढी आएको बेलामा
हातमा हात मिलाई तरेर पुग्छन किसान मेलामा

ज्यानको बाजी राखेर पस्छन धमिलो खोलामा
दुःख र सुख किसान खेप्छन दुई दिनको चोलामा।

सुन्दरहरैंचा–६,दुलारी,मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *