भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज

डिसी नेपाल
१८ कार्तिक २०८१ १५:२१
188
Shares

काठमाडौं। भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ। आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो।

यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो। यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिंगमा २३४ रन बनाएको थियो भने भारतले २६३ रन बनाएको थियो ।त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिंगमा १७४ रन बनाएपछि भारतले १४७ रनको लक्ष्य पाएको थियो।

१४७ रनको लक्ष्य प्छाएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो। योसँगै ३ खेलको टेस्ट सिरिज न्यूजील्याण्डले क्लीन स्वीप गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.