लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी
काठमाडौं। ओमानले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ। विहिबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो।
युएईले दिएको केवल ७९ रनको लक्ष्य ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो। यस अघि युएईले पहिला ब्याटिंग गर्दै २५.३ ओभरमा अल आउट हुदै ७८ रन मात्र बनाएको थियो।
यो जितपछि ओमानले लिग–२ को अंक तालिकामा ११ खेलमा १२ अंक हासिल गरेको छ र पाँचौं स्थानमा रहेको छ। त्यस्तै युएईको भने लिग–२ मा यो आठौँ हार हो। १० खेलमा ४ अंक मात्र रहेको युएई अंक तालिकामा पुछारमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment