टेबल टेनिस खेलाडी सेलिशाको निधन
काठमाडौं। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज निधन भएको छ।
लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए। उनका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए।
यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment