डलरको तुलनामा रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर

डिसी नेपाल
२७ कार्तिक २०८१ १३:१३
188
Shares

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँ इतिहासकै कमजोर विन्दुमा पुगेको छ । भारतीय रूपैयाँ डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा झरेपछि नेपाली रूपैयाँ पनि न्यून विन्दुमा झरेको हो ।

डलरसँग नेपाली रूपैयाँको प्रत्यक्ष विनिमय दर निर्धारित छैन । नेपाली रूपैयाँको भारतीय रूपैयाँसँग स्थिर विनिमय दर छ । अन्य विदेशी मुद्रासँग नेपाली मुद्राको विनिमय दर ती मुद्राको भारतीय रूपैयाँसँगको विनिमय दरका आधारमा निर्धारण गरिन्छ । त्यसैले भारतीय रूपैयाँ कमजोर हुँदा नेपाली रूपैयाँ स्वतः कमजोर हुन्छ ।

सोमबार भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून स्तरमा झरेर ८४.३८ मा पुगेको हो । डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रपति चुनाव जितेपछि आफ्नो दोस्रो कार्यकालमा आयातित सामानमा कर बढाउने डर छ । यसको प्रभाव चिनियाँ युआन र भारतीय रुपैयाँमा लगातार देखिन थालेको छ ।

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका चुनौतीहरूको सामना गर्न र आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ उपायहरू गरिरहेको छ।

ट्रम्पले चुनाव जित्नका लागि गरेका वाचामध्ये चिनियाँ उत्पादनमा ६० प्रतिशतसम्म भारी आयात शुल्क लगाउने पनि समावेश थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *