रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल

डिसी नेपाल
४ मंसिर २०८१ ६:४०
112
Shares

काठमाडौं। पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा क्रोसियासँग बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा पोर्चुगल क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पोर्चुगलका लागि खेलको ३३औ मिनेटमा जोआओ फेलिक्सले शुरुवाती गोल गरेका थिए भने क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औं मिनेटमा बराबरी गोल गरेका थिए।

यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई खेलाएको थिएन।

यो जितपछि पोर्चुगल समूह एकमा शिर्ष स्थानमा रहदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै क्रोसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ। क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ।

त्यस्तै यस समुहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो हुदै रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुदै नेसन्स लिग बी मा रेलिगेट भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *