विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई प्रधानमन्त्रीले गरे सम्मान

डिसी नेपाल
४ मंसिर २०८१ १६:२२
44
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप-२०२४ का पदक विजेता नेपाली खेलाडीलाई सम्मान गरेका छन्।

यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान प्राप्त गरेका थिए। उनीहरूलाई प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा सम्मान गरेका हुन्।

प्रधानमन्त्री ओलीले यस खेलमा पर्याप्त सम्भावना रहेकोले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *