मधेस प्रदेश सरकारले सुरु गर्‍यो ‘घुमौँ मधेस, बुझौँ मधेस’

डिसी नेपाल
८ मंसिर २०८१ १४:५२
48
Shares

काठमाडौं । मधेस प्रदेश सरकारले ‘घुमौँ मधेस, बुझौँ मधेस’ कार्यक्रम सुरु गरेको छ। मधेस प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

मधेस प्रदेश सरकारले ‘घुमौँ मधेस, बुझौँ मधेस’ कार्यक्रमको संयोजकमा विकासकुमार ठाकुरलाई नियुक्त गरेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्तपत्र प्रदान गरेका छन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णकाअनुसार मधेस प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ। यसैअन्तर्गत यो कार्यक्रम ल्याएको हो।

संयोजक ठाकुरले मधेस प्रदेशलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सक्रिय रूपमा लाग्ने बताएका छन्।

‘अहिले हाम्रो सम्मुखमै जनकपुरमा विवाह पञ्चमी छ। बारामा गढीमाई मेला छ। यी पर्वलाई अझै व्यवस्थित र व्यापक प्रचारप्रसार गर्ने काम हुन्छ। समग्र मधेसलाई कसरी पर्यटनमा अगाडि लानसकिन्छ भनेर काम गर्छौं,´ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *