किमको गोलमा पिएसजीमाथि बायर्नको जित

डिसी नेपाल
१२ मंसिर २०८१ ९:२९
224
Shares

काठमाडौं । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बायर्नले पिएसजीलाई १(० गोल अन्तरले पराजित गरेको हो।

बायर्न म्युनिखको जितमा खेलको ३८औ मिनेटमा किम मिन जाइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा खेलको ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि बायर्न म्युनिख ५ खेलमा ९ अंक सहित ११औ स्थानमा उक्लिएको छ भने पीएसजीको ५ खेलमा केवल ४ अंक रहेको छ र २६औ स्थानमा रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *