जनकपुर र अयोध्यालाई हवाइसेवा मार्फत जोड्ने प्रयासमा छौ : मन्त्री पाण्डे

डिसी नेपाल
१२ मंसिर २०८१ १६:४६
68
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाइसेवाको मध्यामबाट जोड्नु पर्ने बताएका छन्।

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाइसेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताए।

यसका लागि मन्त्रालयले तयारी गरिरहेको उनको भनाइ थियो। मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्त्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए।

दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिने छ। संगोष्ठिमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्‍याउनु सहयोग गर्न आग्रह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *