विराटनगरले जनकपुरलाई दियो १२८ रनको चुनौति
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई विराटनगर किंग्सले १२७ रनको चुनौति दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटिएको हो। विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन र अकिव इल्यासले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरलाई सस्तैमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिँदा हर्ष थक्कर र किशोर महतोले दुई/दुईर विकेट लिए। मोहमद मोहसिन र माइकले एक/एक विकेट लिएर विराटनगरलाई सस्तैमा समेटे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment