एनपिएल क्रिकेटः पोखराले दियो १३९ रनको लक्ष्य

डिसी नेपाल
२० मंसिर २०८१ १०:४८
144
Shares

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को आठौं खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टसलाई १३९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो। पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए। उनले ३० बलमा ३ चौका र एक छक्का प्रहार गरे।

यस्तै एन्द्रिस गौसले २०, रेमन रेइफरले १७, अनिल खरेलले १०, दिलिप नाथले ११ रन बनाउँदा कप्तान कुशल भुर्तेल ६ रन बनाएर आउट भए। माइकल लिस्कले १३ बलमा ३ छक्काको मद्दतमा २५ रन बनाए।

जनकपुरका ललित राजवंशीले ३ विकेट लिए भने जिमी निशमले २ तथा मोहम्मद मोहसिन किशोर महतोले समान एक/एक विकेट लिए।

जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा एभेन्जर्स चितवन राइनोजसँग पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *