इस्कोनद्वारा जोमसोम कारागारमा श्रीमद्भगवद्गीता यथारूप वितरण

श्याम गैरे
२६ मंसिर २०८१ ११:५४
72
Shares

मुस्ताङ। कारागार कार्यालय जोमसोममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनानामृत संघ ( इस्कोन नेपाल) बागलुङ शाखाको आयोजनामा श्रीमद्भगवद्गीता यथारूप गीता जयन्तीको अवसर पारेर वितरण गरिएको छ। विभिन्न व्यक्तिहरूबाट प्रायोजित श्रीमद्भगवद् गीता कारागारका कैदीबन्दीहरुलाई वितरण गरिएको छ।

आजभन्दा करिब ५ हजार वर्ष पहिले भगवान् श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रको युद्धभूमिमा दिनुभएको ज्ञान आजको मानव समाजमा पनि उत्तिकै सान्दर्भिक छ।

गीतामा अर्जुनका माध्यमबाट भगवान् श्रीकृष्णले सिकाएको अस्तित्वको अर्थले धेरैको जीवन परिवर्तन गरेका उदाहरणहरू प्रयाप्त पाइन्छन्। देश-विदेशमा पनि कारागारमै गीता पढेरै धेरैले जीवन परिवर्तन गरेको इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरिधारी दासले बताए।

कार्यक्रममा बोल्दै इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले द्वन्द, अराजकता, सम्बन्धमा तिक्तता र निराशा बढ्दै गएको नेपाल लगायत विश्व समुदायमा गीताको ज्ञान एकमात्र आशाको किरण रहेको बताए।

विशेष गरेर गीता जयन्तीको महिना पारेर इस्कोनले विश्वव्यापी रूपमा श्रीमद्भगवद् गीता वितरण कार्यक्रम- डिसेम्बर म्याराथन- लाई विशेष रूपमा मनाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *