कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की

डिसी नेपाल
३० मंसिर २०८१ २२:४०
28
Shares

इनरुवा (सुनसरी) । पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रवर्द्धनमा सबै सक्रिय रहनुपर्ने बताएका छन्।

आज कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको सफारी गर्दै उनले कोशी टप्पुलाई उत्कृष्ट पर्यटकीयस्थलका रूपमा निर्माण गर्नुपर्नेमा जोड दिए।

‘पूर्वको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको कोशी टप्पुको विकास र विस्तारमा मेरो ध्यान सधैँ गइरहेको छ । यस क्षेत्रको विकास र विस्तारसँगै आर्थिक, समाजिक फाइदा हुने भएकाले त्यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक छ’, प्रतिनिधिसभा सदस्य कार्कीले भने।

पूर्वमन्त्री कार्कीसँगै कोशी प्रदेशका पर्यटन वन तथा वतावरणमन्त्री सदानन्द मण्डलसमेत सहभागी थिए। दुवैजनाले आरक्षमा रहेको हात्तीमा सफारी गर्दै आरक्षभित्रका विभिन्न ठाउँको अवलोकन तथा भ्रमणसमेत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *