कविता : बहिनीको दुःख

राज्यलक्ष्मी खतिवडा
१३ पुष २०८१ ७:१०
92
Shares

बहिनी तिम्रो देख्दा आज दुःख
धड्कन्छ छाती किन ढुक ढुक?

यस्तो कलिलो कोमल देह नानी
शोकग्नीले पारीसक्यो खरानी

आत्मा सधैं बन्धन भित्र पारी
ल्याउँछेउ कति दाउरा घाँसको भारी

भमराहरुको यही हुन्छ चाला
चुसे सबै रस फूलको बेहाल

विकासमा लाग अगाडि लम्क
लाग्दैन केही कुलमा कलंङक

नानी तिमीले त सुमार्ग लेउ
त्यो दुःखको भार विसाइ देउ

लाग्नु कित बन्द व्यापारमा
मिल्ने छ रस्ता सुखको त त्यहाँ

बर्षै पिच्छे ती घर टाली टाली
खिइ सके कोमल हात खाली

गर्छेउ कति दुःख र भुक्त नानी
झुटो छ संसार सब जानि जानि

लेखूँ कति जीवनका कथा यी
खपि नसक्नु त भयो व्यथा यी

चर्किन्छ छाती किन यो चरक्क ?
मोति सरी आँसु गिरे तरक्क ।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *