कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ : मन्त्री पौडेल

डिसी नेपाल
१६ पुष २०८१ १५:४७
56
Shares

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन्।

आज पत्रकारसँग कुरा गर्दै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन कार्यान्वयनमा आफू क्रियाशील रहेको बताए। उनले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताए।

सीमित स्रोतसाधनबाट सेवा विस्तार गर्नुपर्ने मान्यताका साथ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्ति उत्पादन वृद्धिका साथै वर्तमान सरकार गठन भएपछि विभिन्न अस्पतालमा दुई सय शय्या विस्तार गरिएको बताए। उनले भरतपुर अस्पताल र बिपी कोइराला स्मृति क्यान्सर अस्पताललाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *