दाङको एनसेल टावरमा आगजनी

डिसी नेपाल
३ भदौ २०७६ ९:५९

दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ। गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।

टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ। यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

One thought on “दाङको एनसेल टावरमा आगजनी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *