संवाद कविता श्रृंखला-२

प्रकाशचन्द्र खतिवडा
२० पुष २०८१ ७:१२
96
Shares

१,

“साहुजी
साहुजी
यो चामलको के भाउ छ?”
“किलोको नब्बे रुप्पेँ मात्रै भा छ”
“सुन्नु भो तपाईंहरुले
महंगी नियन्त्रण यसै गरी भा छ।”

२,

‘हैन
तपाईंले छोरीको बिवाह गर्नु भो?”
“अँहँ गर्या छैन
“किन नगर्नु भा त?
छोरीको त उमेर ढल्की सक्यो”
‘खै
के भन्ने हजुरलाई?
आफूत दाइजो दिनै नसक्ने मान्छे”
“ए त्यसो पो
म पनि त दाइजो लिनै नचाहने मान्छे
हेर्नोस् न
मेरो पनि त उमेर ढल्की सक्यो।”

३,

(गाउँले सांसदलाई नमस्कार गर्दै)
‘सांसद ज्यू१ नमस्कार ”
‘नमस्कार नमस्कार”
‘के छ हौ देशको हालखबर?”
‘खै के छ भन्ने?”
‘तै पनि केही नयाँ समाचार”
‘डेङ्गोले सताए पनि
बेसै छ भन्नु प¥यो नै हालखबर।”

४,

‘ओ हर्कबहादुर दाइ
कता पुगेर आउनु भा नि ?”
“ए …… १
कविजी पो हुनु हुँदो रे छ
हेर्नाेस् न
यसो एउटा सानो ठेक्का लिउँ भनेको
मन्त्रीजी लाई भेट्नै सकिनँ ”
“बुँझे
त्यसो भए तपाईं पनि
बिना लगामकै घोडा हुनु भएछ।”

५,

‘वा …..
तपाईं त निकै टाइफिटिङ हुनु भएछ नि
के प्रोग्राम छ हो आज?”
“के हुनु र यार ?
आज एउटी मैयालाई भेट्नु छ ”
“थाहा पाएँ
तपाईं त मागेरै भए पनि
इज्जत धान्न त
सिपालु पो हुनु हुँदो रहेछ।”

६,

‘हैन ……
तपाईं त निक्कै दुब्लाउनु भएछ नि
बिरामी हुनु भो?”
“होइन ”
“के भयो त भन्नोस् न”
“हुनु नहुनु भयो नि
मेरो त
चुलै उपबास बसेको छ।”

७,

(सामान्य कार्यकर्ता सांसदलाई बोलाउँदौ )
‘हेलो १एन.वी.जी.
कहिले फर्कनु भो राजधानी बाट?”
“भर्खर त फर्कँदै छु
तर यहाँलाइ चिन्न सकिन नि”
(कार्यकर्ता मुख रातो पार्दै)
‘सरी १
चिनेर पनि के साध्य हुन्छ र हैन ?
भोट दिएकै हो
फिर्ता लिन मिल्दैन क्यारे १”

८,

‘के विधि चुरोट खाएको हौ तपाईंले ?
खोकी त निकै बढेछ त ”
‘हो …..
जानि जानि नै खाएको
हेर्नोस् न
उन्नति केही गर्न नसकेपछि
चाँडै नै
टि.बि र क्यान्सर सँग
हित्त चित्त मिलाउनै परेको छ।”

९,

“तपाईंले त घडी पनि बाँध्नु भए छ नि
कति पैसा हाल्नु भो?”
“धत्तेरिका १
तपाईं त आफ्नै मान्छे
कुरो किन लुकाउँ ?
साथीको पो मागेर लाएको
हेर्नाेस् न
भोलि साली को बिहेमा जानु छ।”

१०,

‘थाहा पाउनु भो तपाईंले ?
सरकार त ढले छ नि
अब कस्तो सरकार बन्ने हो?”
“थाहा त पाएँ नि
सरकार ढल्नु सँग
के सरोकार रहृयो र हाम्रो?
सरकार ढल्छ बन्छ
नेताहरुकै खेल त हो”
“त्यसो भनेर कहाँ हुन्छ र?
तपाईं हामी सचेत नागरिक
नागरिकको जिम्मेवारी पूरा गर्नु परेन त”
“भो छोड्दिनोस्
वाइहृयात कुरा
देश त दोहन भई नै सक्यो
भ्रष्टाचार र कमिशनको खेल देख्नु भएन?
तपाईं हाम्रो राँडो रुवाई
कसले पो सुन्छ र ?”

सुन्दरहरैँचा-६, दुलारी मोरङ,


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *