रमालक्ष्मी गौतमका दुई कविता

रमालक्ष्मी गौतम
२७ पुष २०८१ ७:०६
32
Shares

 नारी अघि बढौ

छोराकै सरी आँटि बन्नु पर्ने छोरीहरुले पनि
पर्नु हुन्न पछाडि यो जगतमा दुःखी र दासी बनी
आए उद्योग यो जति जति पनि छोरै अगाडि हुने
छोरीको शिर यो झुकाइ दिन दिन घर धन्दालाई दिने।

छोरी जन्मि दिइन् अति धर्म भो भन्ने पिताजी पनि
अहिले बस्नु भयो अति कठोर भई दुःखी निराशी बनी
आमाले पनि धेर प्रेम गर्ने छोराहरुमा अरे
पिताले निच मार्दा दिन दिन छोरी पछाडि परे।

जाउँ स्कुलमा पढौ खर खरी दाइ भाइहरुकै सरी
खाउँ अंश लिएर यहि घरको उद्योग र पौरख गरी
केही काम गरौं अघि अघि सरौं नारी नझुक्ने गरौं
नारी दिवस यो मनाउँ खुशीले ठूलो बडाइ गरौं।

दाइ भाइ मिलेर काम गर्छन् हामीहरुले पनि
बोल्ने आदत यो बसाउ बहिनी न्यायी र नामी बनी
यस्तै रीत सँगले अघि अघि सरौं दिवस मनाउने गरौं
हाम्रा केही व्यवहारलाई बटुली सोचोर राख्ने गरौं ।

नारी दिवस

नारी दिवसको उपलक्ष्यलाई
ठूलो बनाउँ सब हामी जाइ
नारी बनी झुक्न भएन आज
अघि बढाउ खुशीले समाज।

ढुक्कै नबस्नु मन मौन पारी
बोल्नु कुनै कार्यहरु सपारी
नारी पुरुष एक बनेर जाऔं
चलोस् हाम्रो पनि शुद्ध नाउँ।

अघि बढौं हुन्न पछि परेर
समाजको न्याय बहुत गरेर
थिचोमिचो गर्नु भएन आज
मिलिजुलि काम गरौं समाज।

यस्तै छ हाम्रो मनको विचार
बोलूँ सबैले अब बार बार
अन्यायले न्याय बहुत रुन्छ
दुई हातको ताली समान हुन्छ।

सुन्दरहरैंचा-११ , कर्जुना , मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *