लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई भेन्यू गाडी बजारमा, मूल्य ३४ देखि ५७ लाखसम्म

डिसी नेपाल
५ भदौ २०७६ १६:३९

काठमाडौं । हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू गाडी नेपालमा भित्र्याएको छ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा भदौ १० देखि हुन लागेको अटो शोको पूर्वसन्ध्यामा प्रालिले नयाँ मोडलका गाडी सार्वजनिक गरेको हो। प्रालिले बिहिबार पत्रकार सम्मेलन गरी नया गाडीको विक्रि शुरु भईसकेको पनि जानकारी दिएको हो।

प्रालिले भेन्यूको सुरुवाती मूल्य ३४ लाख ९६ हजारदेखि ५६ लाख ९६ हजार रुपैयाँसम्म तोकेको छ। साथै दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट र अन्य आकर्षक उपहार दिने घोषणा गरेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले मुलुकभर रहेका १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *