सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्तसुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त भएका छन्।
आयोगको सदस्यमा नेपाली कांग्रेसबाट धनगढी उपमहानगपालिकाका नृपबहादुर सुनार र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पुर्चौडी नगरपालिका–५ बैतडीका कर्णबहादुर कुवँर आज नियुक्त भएका हुन्।
नवनियुक्त सदस्यहरुलाई आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोगका उपाध्यक्ष डा जीवन रानाले पद तथा गोपनीयताका शपथग्रहण गराएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव प्रयाग खनालले जानकारी दिए।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले गरेको निर्णयानुसार आयोगको सदस्यमा उनीहरूलाई नियुक्त गरिएको खनालले बताए।
गत पुसमा प्रदेश सरकारले आयोगको उपाध्यक्षमा धनगढी उपमहानगरपालिका निवासी डा राना र सदस्यमा कञ्चनपुर भीमदत्त नगरपालिकाका डा हीरा चन्द र डडेलधुरा गन्यापधुरा गाउँपालिकाका शेरबहादुर भण्डारीलाई नियुक्त गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment