कविता : छुट्यायो
कोही कता पुगे कोही कता
कतिलाई दिशाले छुट्यायो
अहँ लागेन पासपोर्टमा छाप
कतिलाई भिसाले छुट्यायो
जति विकाश भो त्यति गाह्रो
गाउँ खेतबारी देखि छुट्यायो
पत्निको राती पतिको दिउँसो
गर्नैपर्ने ड्युटीले छेकी छुट्यायो
सानो झगडा लम्ब्याउदा लम्ब्याउँदा
कतिलाई वकिल अदालतले छुट्यायो
कमाउनेले जताततै भट्टी खोलेपछि
कतिलाई रक्सीको मातले छुट्यायो
सरकारी हडपी महल ठड्याउनेले
सङ्लो नदीनाला देखि छुट्यायो
पढन लेख्न पनि विदेशै जानुपर्दा
विदेशी चालामाला देखि छुट्यायो
धेरै बिजी छु ट्याइम छैन भन्दाभन्दै
कतिलाई उसकै कामकाजले छुट्यायो
न त्यो धनको काम न त त्यो नाम
एकदिन आखिरमा यमराजले छुट्यायो
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया


Facebook Comment