दक्षिण कोरियामा ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ हुने

डिसी नेपाल
६ भदौ २०७६ २२:१०

दक्षिण कोरिया । सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ।

अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षिण कोरियाको सिउलमा हुनेछ। क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षिण कोरियाको सहयोगार्थ उक्त अवार्ड कार्यक्रम हुन लागेको हो। यो किसिमको अवार्ड पहिलो पटक विदेशमा हुन लागेको कार्यक्रम संयोजक प्रेम पोखरेलले जानकारी दिए।

सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ। पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाको अध्यक्ष बिभु न्यौपानेले जानकारी दिएका हुन्।

संस्थाको आन्तरिक टिमले नै अवार्ड प्राप्त गर्ने व्यक्तिहरुको छनोट गर्नेछ। विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था क्लब फोर्टी इन्टरनेसनलले यो अवार्डबाट समाजमा रहेका सामाजिक अभियन्ताहरुको हौसला बृद्दी गर्ने र उनीहरुलाई सामाजिक कार्यमा अझै अघि बढ्न प्रोत्साहन हुने लक्ष्य लिएको छ। यो अवार्डलाई वार्षिक रुपमा निरन्तर गर्दै जाने पनि आयोजकले जानकारी दिए।

समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका सामाजिक अभियन्ताहरुलाई यस कार्यक्रममा सहभागिता जनाइ यस कार्यक्रमको शोभा बढाइदिन हुन आह्वान गरिन्छ सहभागिताको लागि क्लब फोर्टी इन्टरनेसनलको कार्यलय पानी पोखरी सम्पर्क गर्न समेत आयोजक टिमले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *