नेपाल इन्स्योरेन्सले ७.५ बोनश शेयर जारी गर्ने
काठमाडौं । नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने भएको छ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको आईतबार बसेको ७० औं साधारण सभा हालको चुक्ता पूँजीको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब एक करोड ९१ लाख ३ हजार ८ सय ३२ रुपैयाँ रहेको छ। यस्तै, कम्पनीले चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ पुर्याउने प्रस्ताव पारित पनि गरेको छ।
साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment