उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणप्रति बेखूशी छु : ट्रम्प
फ्रान्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको बताएका छन् । तर उनले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी गरे ।
“क्षेप्यास्त्र परीक्षणप्रति म खुशी छैन तर फेरि उहाँ (उत्तर कोरियाली नेता किम जोङ–अन) सहमतिको उल्लङ्घन गर्ने पक्षमा पनि हुनुहुन्न ।” उत्तर कोरियाली राज्य सञ्चालित सञ्चारमाध्यमले किमले छोटो दूरीको बहुमुखी रकेट प्रक्षेपक क्षेप्यास्त्र परीक्षण गरेको निरीक्षण गरेको भन्ने समाचार प्रशारण गरेपछि ट्रम्पको उक्त भनाइ आएको हो।
उत्तर कोरियाले शनिबार उक्त छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको दक्षिण कोरियाली सेनाले बताएको थियो। अमेरिका–दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको विरोधस्वरूप पछिल्लो समय केही छोटो दूरीका हतियार परीक्षण गरेको बताइएको छ।त
र जापानी प्रधानमन्त्री सिन्जो आवेले यसबारे विपरीत धारणा व्यक्त गरेका छन् । उनले भने, “उत्तर कोरियाका पछिल्ला परीक्षण संयुक्त राष्ट्रसङ्घको नियमको प्रष्ट उल्लङ्घन हो र यो ‘गम्भीर खेदजनक’ कार्य हो।” रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment