भूकम्प प्रभावित म्यानमारमा एक हप्ता राष्ट्रिय शोक घोषणा, धेरै अस्पतालहरू क्षतिग्रस्त

डिसी नेपाल
१८ चैत २०८१ १६:५०
200
Shares

काठमाडौं । म्यानमारको सत्तारुढ सैन्य सरकारले देशमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ। मार्च २८ मा म्यानमारमा गएको शक्तिशाली भूकम्पका कारण १७०० भन्दा बढीको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ। यस समयमा झण्डा आधा झुकाइनेछ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मार्गरेट ह्यारिसले बीबीसीलाई बताएअनुसार म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएका छन्, भूकम्पबाट धेरै अस्पतालहरू क्षतिग्रस्त भएका छन्।

उनका अनुसार कम्तिमा तीन अस्पताल पूर्ण रूपमा बन्द गरिएको छ, जबकि अन्य २२ अस्पतालहरू ‘आंशिक रूपमा क्षतिग्रस्त छन् र राम्रोसँग काम गर्न सक्दैनन्’।

उनले भनिन् ‘अर्को चुनौती भनेको म्यानमारको सत्तारूढ सैन्य सरकारसँग व्यवहार गर्नु हो, जसमाथि पहिले केही क्षेत्रहरूमा अन्तर्राष्ट्रिय सहायता अवरुद्ध गरेको आरोप लगाइएको थियो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *