रवीन्द्र र धवललगायतलाई म्याद थपका लागि अदालत लगिँदै

डिसी नेपाल
२० चैत २०८१ १५:१५
480
Shares

काठमाडौं । राजावादी आन्दोदनलाई हिंस्रक तुल्याउन भूमिका खेलेको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने प्रहरीले जनाएको छ।

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएकोमा आज दोस्रो पटक म्याद थपका लागि लगिने भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *