ट्रम्पले धेरै देशमाथि भारी कर लगाएपछि विश्वभरका नेताहरू के भन्दैछन् ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको घोषणा गरेपछि धेरै देशका नेताहरूले आ-आफ्नो प्रतिक्रिया दिएका छन्।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले भने, “हामी बढ्दो व्यापारमा बाधा पुर्याउन चाहँदैनौं। हामी व्यापार युद्ध चाहँदैनौं। हामी अमेरिकासँग व्यापार र सहयोगको बाटोमा फर्कन चाहन्छौं, ताकि दुवै देशका जनताले राम्रो जीवन बिताउन सकून्।”
यसैबीच, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सूले विश्वव्यापी व्यापार युद्धको वास्तविकता स्वीकार गर्दै सरकारले यस व्यापार संकटको सामना गर्न आफ्नो सबै क्षमता प्रयोग गर्नुपर्ने बताए।
कोलम्बियाली विदेशमन्त्री लौरा साराबियाले भनिन् ‘हामी यसबारे हेरिरहेका छौं ताकि देशको उद्योग र निर्यातकर्ताहरूलाई सुरक्षित राख्न सकियोस् ।’ ब्राजिल सरकारले अमेरिकाले लगाएको करको बारेमा एक विज्ञप्ति जारी गरेको छ।
जारी विज्ञप्तिमा ब्राजिलले द्विपक्षीय व्यापारमा पारस्परिकता सुनिश्चित गर्न सबै सम्भावित कदमहरूको मूल्याङ्कन गरिरहेको बताएको छ ।
अमेरिकाले दक्षिण कोरियामा २५ प्रतिशत र कोलम्बिया र ब्राजिलमा १० प्रतिशत भन्सार कर लगाएको छ।
यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले करहरू “अप्रत्याशित होइनन्” तर तिनीहरू “पूर्ण रूपमा अनुचित” भएको बताए।
उनले भने, “ट्यारिफ घोषणा गर्नुको पछाडि कुनै तर्क छैन। तिनीहरू अष्ट्रेलिया र अमेरिका बीचको साझेदारीको विरुद्धमा छन्। यो कुनै साथीको काम होइन।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment