कर फिर्ता लिन अमेरिकालाई चीनको अपिल
काठमाडौं । चीनको वाणिज्य मन्त्रालयले अमेरिकालाई एकतर्फी रूपमा लगाइएको करहरू तुरुन्तै फिर्ता लिन र आफ्ना साझेदारहरूसँग वार्ता मार्फत व्यापार विवादहरूको उचित समाधान खोज्न अपील गरेको छ।
वाणिज्य मन्त्रालयका प्रवक्ताले भने: “चीनले यस निर्णयको कडा विरोध गर्दछ र आफ्नो अधिकार र हितको रक्षा गर्न कडा कदम चाल्नेछ।”
यसअघि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले अमेरिकाले लगाएको करको बारेमा टिप्पणी गरेको थियो।
समाचार एजेन्सी सिन्ह्वाले ट्रम्पले व्यापारलाई “बदलाको लडाई” मा परिणत गरिरहेको बताएको छ।
ट्रम्पको कर घोषणाबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ, किनकि अब सबै चिनियाँ सामानहरूमा थप ३४% कर लगाइएको छ।
यसअघि मार्च ४ मा अमेरिकाले चीनबाट आउने सामानमा २० प्रतिशत कर लगाएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment