अमेरिकाको भर्जिनियामा १२औँ तीज महोत्सब भब्यताका साथ सम्पन्न

डिसी नेपाल
९ भदौ २०७६ १६:४८

अमेरिका। अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका नेपालीहरुले तीज महोत्सब भब्य रुपमा मनाएका छन्। अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले पानसमा बत्ति बालेर र विद्वान पण्डित डा. रघुनाथ अर्यालले स्वस्ति वाचन गरेर शुरु गरिएको तीज महोत्सब अगस्ट २४ तारिखका दिन विविध कार्यक्रम गरि मनाइएको हो।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले १२ बर्ष अघि अमेरिकामा प्रारम्भ गरेको तीज महोत्सब यस पटकको आयोजना पनि १२औँ आयोजना थियो। अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीको सँयुक्त आयोजनामा सम्पन्न तीज महोत्सब २०१९ मा यस पटक अमेरिकामा रहेर उदाहरणीय काम गरेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान पनि गरियो।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एंव तीज महोत्सब मूल आयोजक समितिका सँयोजक रामप्रसाद खनालको सभापतित्व एंव मञ्चका कोसाध्यक्ष एंव संस्कृतिविद्, मूल आयोजक समितिका सदस्य सचिव अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्ति मगरको संचालन, अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका उपाध्यक्ष रजनी श्रेष्ठको स्वागत भासण, अर्का उपाध्यक्ष अरुण रुपाखेतीको धन्यवाद ज्ञापनमा सम्पन्न तीज महोत्सब औपचारिक समारोहमा बोल्दै राजदूत कार्कीले नेपाल बाहिर रहेर पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीले यस किसिमका साँस्कृतिक महोत्सब आयोजना गरेर नेपाल र नेपालीका लागि योगदान पुर्याइरहेकोमा आफूले नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद दिन चाहेको बताए।

विद्वान पण्डित, पूर्वीय दर्शनका ज्ञाता डा. रघुनाथ अर्यालले तीजको ऐतिहासिक महत्वका बारेमा प्रकाश पारे भने तीजकै बिषयमा सदस्य सचिव भूप नारायण घर्तिमगरले पनि सोही बिषयमा थप प्रस्ट पारे।

अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एंव तीज महोत्सब मूल आयोजक समितिका सँयोजक रामप्रसाद खनालले विगत १२ वर्षदेखि आफूहरुले शुरु गरेको तीज महोत्सब सफल पार्न सदैब सहयोग गर्ने सबै प्रति धन्यवाद प्रकट गर्दै तीजको मौलिक गीत गाएर दिदी बहिनीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

अनेसास डिसी उपाध्यक्ष पुश्कर पन्त, समीक्षा सापकोटाले नाचगानको कार्यक्रम संचालन गरेका थिए भने महासचिव मुकुन्द कोइराला, कोषाध्यक्ष खगेन्द्र थापाले पनि आफ्ना भनाइ र तीज महोत्सबका सहयोगीहरुको परिचय राखेका थिए।

विभिन्न समूह बनाएर नाच गान गराइएको उक्त तीज महोत्सब कार्यक्रममा उपस्थित सबै आमा दिदी बहिनीहरुलाई सामूहिक नाचको अवसर पनि प्रदान गरिएको थियो। निशुल्क प्रवेश र निशुल्क तीजको दर खुवाइएको उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका महिला अग्रजहरूलाई सम्मान गरिएको थियो। जस अनुसार

गीत संगीत तथा साहित्य बिधा-

१ अम्बिका गुरूड़्ग
२ कल्पना सुबेदी
३ दुर्गा रिजाल
४ नीता श्रेष्ठ
५ नीरा शर्मा
६ रजनी श्रेष्ठ

कला बिधा-
१ अनुपमा प्रसाँई
२ जल शाह
३ पूजा लामा
४ लुना श्रेष्ठ
५ सारङ्गा श्रेष्ठ

सामाजिक सेवा बिधा
प्रभा देउजा (ANS) अमेरिका
बिजया शाह (ANWA) अध्यक्ष
बिष्णु कुमारी थापा (ANS) पूर्व अध्यक्ष
सरोज प्रजापती – सामाजिक अभियन्ता

ब्यबसायिक बिधा-
मन्दिरा मैनाली
सुनिता अधिकारी
सुनिता खत्री

पेशागत बिधा-
अञ्जना बुढाथोकी
बन्दिता दाहाललाई छानेर सम्मान गरिएको थियो।

अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीमा रहेर योगदान दिने महिला सदस्यज्यूहरू गोमा न्यौपाने, रोजा (राज कुमारी) ओली, लोककुमारी सुबेदी, सुजना ढकाल, सकुन्तला अधिकारी, संगिता पन्तलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

यसै गरी विभिन्न मिडिया र पत्रकारहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो जसमा उमेश शर्मा डिसी नेपाल, गोकूल ढकाल खुल्ला मञ्च, बिकास राज न्यौपाने हिमालय खबर, राजीब श्रेष्ठ फोटो पत्रकार, विश्वराज थापा इनेप्लिज, सतिष चापागाई नेपाली डायस्पोरा, सुगन्ध श्रेष्ठ डिजे, सैलेश पोखरेल बिआर्टी नेपाल, यज्ञ ढकाल नेपालीजनता छन्।

यसैबीच अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एबम तीज महोत्सब मूल आयोजक समितिका सँयोजक रामप्रसाद खनाल र मञ्चका कोसाध्यक्ष एबम संस्कृतिविद्, मूल आयोजक समितिका सदस्य सचिब अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्ति मगरले तीज महोत्सब भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै सबैमा हार्दिक धन्यवाद र आभार प्रकट गरेका छन्।

उनीहरुले आयोजक समिति, बिभिन्न उपसमितीमा रहेर वा बाहिर रहेर सहयोग गर्ने सबैमा र तीज महोत्सब सफल पार्न साथ दिने अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की सहितका अतिथिगण, सहभागी सबैमा हार्दिक आभार प्रकट गरेका छन्।

तस्वीर र भिडियो हेर्नुहोस्:-

 




प्रतिक्रिया

One thought on “अमेरिकाको भर्जिनियामा १२औँ तीज महोत्सब भब्यताका साथ सम्पन्न

  1. Paje lai pauroti ra sasuralsi bom chama chopera gumgum bhanako yeaho.nepal ko satada garne chatri ra pinda khe bhaun ko chad

Leave a Reply

Your email address will not be published. Required fields are marked *