तीनकुने घटनाप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र नहुनेसमेत बताएका छन्। वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन्।
गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment