कविता : यो दुनियाँ यस्तै छ
जसलाई दया गर्याे
यसो माया गर्याे
उसले नै हेप्नथाल्छ
चारैतिरबाट चेप्न थाल्छ
जसलाई आफ्नो ठान्यो
आदर गर्याे भनेको मान्यो
उसैले टाउकोमा टेक्न थाल्छ
चारैतिरबाट छेक्न थाल्छ
जसको निम्ति जिउज्यान दियो
दु:ख खेपीखेपी जिम्मा लियो
काम बनेपछी फूर्ती गर्न थाल्छ
चारैतिरबाट एक्लो पार्न थाल्छ
जसलाई मनलगाइ सगायो
सहयोग गर्याे सहारा दियो
अनादर गरी दबाउन थाल्छ
झर्केर आदेश जमाउन थाल्छ
जसलाई भुँइदेखि उठायो
पढायो सिकायो जितायो
जब ठूलोमान्छे भइ चिनिन थाल्छ
चिन्दैन अब बिर्सिन थाल्छ
यो दुनियाँ नै यस्तै छ
भुँइमा बस्ने पनि
कुर्सीमा बस्न थालेपछि
भुँइमा बस्नेलाई हेप्छ
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया


Facebook Comment