कविता : यो दुनियाँ यस्तै छ

राकेश कार्की
८ वैशाख २०८२ ११:४६
72
Shares

जसलाई दया गर्‍याे
यसो माया गर्‍याे
उसले नै हेप्नथाल्छ
चारैतिरबाट चेप्न थाल्छ

जसलाई आफ्नो ठान्यो
आदर गर्‍याे भनेको मान्यो
उसैले टाउकोमा टेक्न थाल्छ
चारैतिरबाट छेक्न थाल्छ

जसको निम्ति जिउज्यान दियो
दु:ख खेपीखेपी जिम्मा लियो
काम बनेपछी फूर्ती गर्न थाल्छ
चारैतिरबाट एक्लो पार्न थाल्छ

जसलाई मनलगाइ सगायो
सहयोग गर्‍याे सहारा दियो
अनादर गरी दबाउन थाल्छ
झर्केर आदेश जमाउन थाल्छ

जसलाई भुँइदेखि उठायो
पढायो सिकायो जितायो
जब ठूलोमान्छे भइ चिनिन थाल्छ
चिन्दैन अब बिर्सिन थाल्छ

यो दुनियाँ नै यस्तै छ
भुँइमा बस्ने पनि
कुर्सीमा बस्न थालेपछि
भुँइमा बस्नेलाई हेप्छ

लस एन्जेलस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *