सवारी दुर्घटनामा ६ जनाको मृत्यु

डिसी नेपाल
१८ वैशाख २०८२ १७:४८
10.8k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा ६ जनाको ज्यान गएको छ।

झापाको मेचीनगर नगरपालिका-१३ प्रगति सामुदायिक वनस्थित सडकमा ना.३ ख २३५३ को ट्रकले मे.८ प ६४९८ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-१० बस्ने ६८ वर्षीय टंक प्रसाद बरालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलस्थित सडकमा बाहुन टोलबाट चिया बगानतर्फ जाँदै गरेको मे.१ त ६२०० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय सैला मुर्मुको छोरा ९ वर्षीय देवराज मुर्मुको बिहीबार बिहान मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको दमक हस्पिटल एण्ड रिसर्च सेन्टर दमकमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको बोदेबरसाईन नगरपालिका-७ हैठीस्थित सडकमा बोदेबरसाईनबाट देउरीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय शिवराम मण्डलको मृत्यु भएको छ। मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो। साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य १ जना पैदालयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

कैलालीको जानकी गाउँपालिका-३ स्थित डुडेझारी सडकमा से.५ प २५६० नम्बरको मोटरसाइकल र सु.प.प्र. ०१-०१२ प ८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा से.५ प २५६० नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-९ बस्ने १९ वर्षीय राकेश परियारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सु.प.प्र. ०१-०१२ प ८०७५ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बाराको कलैया उपमहानगरपालिका-२४ श्रीपुर चोकस्थित सडकमा बडहर्वा चोकबाट कलैयातर्फ जाँदै गरेको रा.१ ख १९८० नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने धर्मेन्द्र चौधरीको छोरा ७ वर्षीय सुजित चौधरीको मृत्यु भएको छ। टिपरले बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-१ गुगौलीस्थित सडकमा बद्दौरबाट गुगौलीतर्फ आउँदै गरेको लु.३ त ४७९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ उठहवा बस्ने २० वर्षीय श्यामलाल कोरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.