इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

डिसी नेपाल
१८ वैशाख २०८२ १९:३६
888
Shares

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी दोलखा गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ बिहीबार पक्राउ परेका छन्। साउदी अरबबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *