अर्थतन्त्रलाई सहि दिशा दिने गरि नीति तथा कार्यक्रम आयोः महेश बर्तौला

डिसी नेपाल
१९ वैशाख २०८२ १९:११
116
Shares

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकको अर्थतन्त्रलाई सहि दिशा दिने गरि सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन्।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले मुलुकमा देखिएको अर्थतन्त्र लगायतका समस्यालाई समाधान गर्ने गरि सरकारको नीति तथा कार्यक्रम आएको बताएका हुन्। नीति तथा कार्यक्रममा आएको विषयलाई अव बजेटमार्फत व्यवस्थिकरण गर्न जरुरी रहेको उनले बताए। उनले जनताहरुलाई आशामा रुपान्तरण गर्नका लागि सरकारको कार्यक्रमले मद्दत पुर्‍याउने धारणा राखे।

बर्तौलाले सत्तासाझेदार दल कांग्रेससँग छलफल गरेरै सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा केहि कमी भए बजेटमार्फत सम्बोधन गर्नेगरि अघि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.