अबको यात्रा आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणः महासचिव गुरुङ
तम्घास (गुल्मी)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशमा अब आर्थिक क्रान्ति र सामाजिक रूपान्तरण जरूरी रहेको बताएका छन्।
गुल्मीको मालिका गाउँपालिकामा आयोजित पार्टीको सम्मेलन आज उनले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त भएको र अब आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिए। ‘देशमा राजनीतिक परिवर्तन भएको छ, अब नागरिकको आर्थिक जीवनस्तर उकास्नुपर्छ। यसलाई जोड दिएर अगाडि बढौँ’, महासचिव गुरुङले भने।
उनले अब नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारलगायत आधारभूत आवश्यकता पूरा गर्दै समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्नुपर्ने समय आएको बताए। समाजवादी व्यवस्था निर्माण नहुँदासम्म संविधान निर्माणका बाँकी कार्यभार पूरा नहुने र त्यसका लागि अबको यात्रा आर्थिक क्रान्ति हुनुपर्ने महासचिव गुरुङको भनाइ थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment