अर्थसहित ४ समितिको बैठक बस्दै

डिसी नेपाल
२१ वैशाख २०८२ ७:५२
84
Shares

काठमाडौं। संघीय संसदका ४ वटा समितिका बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ।

जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग  छलफल हुने भएको छ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।

न्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १०ः३० बजे बोलाइएको छ। जुन बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ।

उता, सार्वजनिक लेखा समितिको बैठकमा भने दुइ वटा अजेन्डामा छलफल हुँदैछ। जसअनुसार सालेसको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा तथा उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा थप निर्णय हुनेछ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.