यु-१९ साफ च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाई

डिसी नेपाल
२२ वैशाख २०८२ १८:३०
272
Shares

काठमाडौं। यु-१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरिएको छ।

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका हुन्। सो क्रममा अध्यक्ष नेम्वाङले उच्च मनोबलका साथ अनुशासित भएर मैदान उत्रन आग्रह गरे। उनले आफू एन्फाको जिम्मेवारीमा रहेसम्म नेपाली फुटबल र खेलाडी लगायतका सरोकार निकायसँग इमान्दार भएर काम गर्ने प्रतिबद्धता गरे।

यु-१९ पुरुष साफ च्याम्पियनसिप यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतमा आयोजना हुनेछ। च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ‘ए’ मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *