माछापुच्छ्रे बैंकको शाखा विस्तार, प्रदेश नंं १ र २ का १३ शाखा उद्घाटन
काठमाडौं । माछापुच्छ्रे बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ।
बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र निजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो भने प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेको हो।
दुवै प्रदेशमा शाखा कार्यालयहरुको सम्बन्धित उपमहानरपालिका तथा महानगरपालिकाका स्थानीय जनप्रतिनिधि एवं तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा चौबीसै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय ३६ वटा शाखाहरु र १ सय २१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर १ सय ५७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment