प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम माथि छलफल जारी रहने

डिसी नेपाल
२४ वैशाख २०८२ ७:१३
32
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकार ल्याएको आर्थिक बर्ष २०८२-८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

गत बैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्टदेखि निरन्तर छलफल चलिरहेको हो।

प्रतिपक्षी सांसदहरूले दुईतिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भएको टिप्पणी गरेका छन्। सत्तापक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमको बचाउ गरिरहेका छन्।

तर, सत्तापक्षका कतिपय सांसदहरूले भने नीति तथा कार्यक्रमको आलोचना गरेका छन्। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा संघीय संसद्को संयुक्त बैठकमा सांसदहरू खचाखच थिए।

तर, मुलुकको आगामी आर्थिक वर्षको बजेट बनाउने मार्ग तथा भविष्यको खाका मानिने सरकारको नीति तथा कार्यक्रमको छलफलमा भने सांसदहरूको उपस्थित न्यून देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *