भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी

डिसी नेपाल
२७ वैशाख २०८२ ७:१७
572
Shares

इस्लामबाद। भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन। दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन्।

जसअनुसार भारतको ‘अपरेशन सिन्दूर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ। जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ।

पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो। ‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहीबार राति  थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ।

उसका अनुसार पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दावी पनि गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *